सडक सुबिधा र भौतिक पुर्वाधारको विकाससँगै हिमाल पारीको जिल्ला मुस्ताङ चलचित्र, वृत्तचित्र र गीत छायांकनका लागि उपयुक्त गन्तब्य बन्न थालेको छ । पुरातात्विक, साँस्कृतिक, भौगोलिक एवं प्राकृतिक सुन्दरतामा अनेकता भएकोले मुस्ताङलाई नेपाली तथा बिदेशीहरुले सुटिङका लागि उपयुक्त गन्तब्य बनाउन थालेका हुन् ।
उपल्लो मुस्ताङमा बिदेशी नागरिक प्रवेशका लागि गृह मन्त्रालय अन्तर्गत अध्यागमन बिभागको बिषेश अनुमति लिनु पर्ने प्राबधान छ । उपल्लो मुस्ताङको भ्रमण गर्ने विदेशी पर्यटकका साथै छायांकन गर्नेहरुको संख्या बढ्दै जान थालेको छ । हालै उपल्लो मुस्ताङमा फ्रान्स र अष्ट्रेलियाको छायांकन टोलीले बौद्ध धर्म सम्बन्धि वृत्तचित्र छायांकन गरेर फर्केको छ ।
|
सुटिङ स्थल बन्दै मुस्ताङ
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment