चलचित्र पत्रकार संघको नयाँ कार्यसमितीका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष पदमा विदूर गिरी निर्वाचित भएका छन् । गिरीले आफ्ना निकटतम प्रतिद्वन्दी अनन्त वाग्लेलाई २ मतको झिनो अन्तरले हराएका हुन् ।
चुनावका लागि मतदान गर्न नविकरण गराएका जम्मा ५७ जना पत्रकारहरू मध्ये ५६ जनाले भोट हालेका थिए । जसमा गिरीले १९ मत, वाग्लेले १७ मत र अन्य दुई प्रतिस्पर्धी डब्बु क्षेत्री र डिपी शाह 'चक्रवर्ती' ले क्रमश: १५ र २ मत प्राप्त गरेका थिए । अध्यक्ष गिरीसँगै संगठन तर्फको उपाध्यक्षमा २७ मत सहित प्रदीप निरौला निर्वाचित भए भने प्रतिद्वन्द्वी श्याम तण्डुकारले २५ मत पाए । यसैगरी कार्यक्रम तर्फको उपाध्यक्षमा आरडी श्रृंखला २७ मत ल्याएर निर्वाचित भए । श्रृंखलाका प्रतिद्वन्दी नरेश भट्टराईले २६ मत पाए ।
यता पत्रकार महासंघको चुनावमा प्रतिनिधी भएर जाने सभासदमा दिवस गुरागाईं, ध्रुव लम्साल, बिनोद अर्याल, बिजयरत्न तुलाधर, नवराज लम्साल, शान्ति प्रिय, राजीव श्रेष्ठ र दयाराम पाण्डे निर्बिरोध निर्वाचित भएका छन् । उनीहरूले आगामी बैशाख महिनामा हुन लागेको पत्रकार महासंघको चुनावमा भोट हाल्न पाउने छन् ।
चलचित्र पत्रकार संघको पाचौं अधिवेशनमा बिजयी नयाँ कार्यसमितीलाई संघका संस्थापक अध्यक्ष भरत शाक्यले सपथ खुवाएका थिए । यो कार्य समितिको कार्यकाल तीन बर्षको हुनेछ । चुनावमा निर्वाचन अधिकृतको रूपमा निर्देशक नारायण पुरी, निर्माता प्रदिप उदय र गीतकार बाबुराम दाहाल रहेका थिए ।
|
अध्यक्ष पदमा गिरी निर्वाचित
Subscribe to:
Post Comments (Atom)



No comments:
Post a Comment