मनमनै मन पराएँ र सिलसिलाका समानता


फिल्मीखबर, काठमाण्डौ, २०६७ फाल्गुन ४, बुधवार

करिब दुई बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र 'सिलसिला' र आगामी शुक्रबार सार्वजनिक हुन लागेको चलचित्र 'मनमनै मन पराएँ' बिच केहि समानता भेटिएको छ । फिल्मीखबरको रिसर्चमा भेटिएका समानतालाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।

  1. दुबै चलचित्रका निर्देशक राजेन्द्र उप्रेती
  2. दुबै चलचित्रको टाईटलमा दुई गुलाबको फूल
  3. टाईटलको फन्ट र कलर
  4. सिलसिला २०६५ सालको फाल्गुन पहिलो साता सार्वजनिक, मनमनै मन पराएँ पनि फाल्गुनकै पहिलो साता अर्थात २०६७ फाल्गुन ६ गते सार्वजनिक हुँदै
  5. नायक राज तिमल्सिना ।
  6. सिलसिलाबाट डेब्यू संगीतकार बसन्त सापकोटा
  7. लेखन शिवम् अधिकारी
  8. द्वन्दनिर्देशक हिमाल केसी

प्रस्तुत बुँदाहरू दुबै चलचित्रमा भेटिएपनि चुम्बनको समानता भने भेटिएको छैन । चलचित्र सिलसिला २०६५ सालको निकै हिट चलचित्र बन्यो । चलचित्र सिलसिला हिट हुनुको मुख्य कारण राज तिमल्सिना र सोनिया केसीको चुम्बनलाई लिईएको छ ।

निर्देशक उप्रेती ज्यू तपाईं यो पछिल्लो चलचित्रमा भने राज तिमल्सिनालाई चुम्बन गराउन बिर्सनु भएको हो कि क्या हो ? कि चुम्बनको दृश्य नै नराखी चलचित्र हिट बनाउन लाग्नु भएको हो या दर्शकलाई चुम्बनको दृश्य सरप्राईज गिफ्ट दिन लाग्नु भएको हो ?

No comments:

Post a Comment